• Friday 16th of October 2026

हत्यामा प्रहरी सहायक हवल्दार सङ्लग्न..


  • धनकुटा खबर
  • .

काठमाडौं । कञ्चनपुरका राजकुमार रानाको मृत्यु प्रकरणमा प्रहरीले एक प्रहरी सहायक हवल्दारसहित दुईजनालाई पक्राउ गरेको छ ।

लालझाडी गाउँपालिका–३ का २८ वर्षीय रानाको शव पाँच महिनाअघि गएको असोजमा कञ्चनपुरकै कृष्णपुर नगरपालिकाको बालुवाफाँटास्थित जंगलमा फेला परेको थियो ।

रानाको हत्या आरोपमा कञ्चनपुर प्रहरीले केही दिनअघि कृष्णपुर नगरपालिका–६ का महेश चौधरी र चेतराज भण्डारीलाई पक्राउ गरेको हो । पक्राउ परेका मध्ये चौधरी प्रहरी सहायक हवल्दार हुन् ।

पीडित आफन्तजनले चौधरी र भण्डारीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । पक्राउ परेकामाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖