• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

नक्कली सुन देखाएर ठग्ने ५ जना भक्तपुरबाट पक्राउ


  • धनकुटा खबर
  • .

भक्तपुर – भक्तपुरमा नक्कली सुन देखाएर ठगी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ घर भई भक्तपुरको बोडे बस्ने ३८ वर्षीय छुल्टीम लामा, ३३ वर्षीय राजेन्द्र तामाङ, २७ वर्षीय चिनबहादुर लामा, बाह्रबिसे–५ घर भई काठमाण्डौको मूलपानी बस्ने ३१ वर्षीय दावा दुण्डुप तामाङ र बाह्रबिसे–८ का ४८ वर्षीय जितबहादुर तामाङ रहेका जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठकले जानकारी दिनुभयो ।

यिनीहरूले रामेछापको दोरम्बा गाउँपालिका–४ घर भई अहिले भक्तपुरको मध्यपुथिमि नगरपालिकामा बस्ने २४ वर्षीया विनिता थापा मगरलाई फोन गरी एक केजी सुन छ लगानी गर्नुपर्‍याे, बेचेर भागबन्डा गरौँला भनी प्रलोभनमा पारेर दुई पटक गरी सात लाख ७५ हजार रुपैयाँ ठगेका प्रहरीले जनाएको छ ।

पैसा लिएपछि फरार भएकोमा उनीहरू अस्ती शुक्रवार र हिजो शनिवार बोडेबाट पक्राउ परेका थिए । उनीहरूको साथबाट दुई लाख ९६ हजार पाँच सय रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖