• Friday 16th of October 2026

छ महिनामा ‘स्मार्ट फोन’ का लागि १५ अर्ब बढी रुपैयाँ बाहिरियो नेपालबाट


  • धनकुटा खबर
  • .

काठमाडौंं । छ महिनामा ‘स्मार्ट फोन’ का लागि १५ अर्ब बढी रुपैयाँ नेपालबाट बाहिरिएको छ । चालु आर्थिक वर्षको पहिलो छ महिना (साउन देखि पुससम्म) मा ‘स्मार्ट फोन’ का खरिदका लागि नेपालबाट १५ अर्ब ५ करोड २७ लाख ९३ हजार रुपैयाँ बाहिरिएको भन्सार विभागको तथ्याङ्कले देखाएको हो ।

विभागको तथ्याङ्क अनुसार ६ महिनामा १० लाख १५ हजार २८६ सेट स्मार्ट फोन नेपाल भित्रिएका छन् । जसबापत नेपालबाट १५ अर्ब ५ करोड २७ लाख ९३ हजार रुपैयाँ बाहिरिएको छ । भने, नेपाल सरकारले २ अर्ब ८० करोड १५ लाख २९ हजार रुपैयाँ राजस्व उठाएको छ ।

नेपालमा सबैभन्दा बढी ७ लाख ४१ हजार ८४४ सेट स्मार्टफोन चाइनाबाट आयात भएको छ । भारतबाट भने, २ लाख ७० हजार ५०४ सेट स्मार्टफोन छ महिनामा नेपाल भित्रिएका छन् ।

त्यस्तै, नेपालमा संयुक्त राज्य अमेरिका, भियतनाम, जापान, संयुक्त अरब इमिरेट्स, अस्ट्रेलिया, दक्षिण कोरिया, कतार, कुवेत, साउदी अरेबिया, युनाइटेड किंगडम, मलेशिया, सिङ्गापुर, क्यानडा, फिनल्याण्ड, हंगकंग, रोमानिया, बहराइन, नेदरल्याण्ड्स, फ्रान्स, ओमान, साइप्रस, डेनमार्क, जर्मनी, माल्टा, इराक, इजरायल, पोल्याण्ड, बेल्जियम, जोर्डन, माल्दिभ्स, न्युजिल्याण्ड, भानुअतु, कम्बोडिया, ग्रीस, नर्वे, पोर्चुगल, स्पेन, स्वाजिल्याण्ड, स्विट्जरल्याण्ड, थाइल्याण्ड, युक्रेन, अफगानिस्तान, क्रोएसिया, आयरल्याण्ड, इटाली, सेशेल्स, स्लोभेनिया, श्रीलंका, स्वीडेन, ताइवान, ट्युनिसिया र संयुक्त गणतन्त्र तान्जानिया गरी ५४ राष्ट्रहरूबाट स्मार्टफोनहरू आयात हुने गरेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖