• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

गौशालाको होटलमा महिलाको हत्या प्रकरण : ‘प्रेमी’ पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँको गौशालास्थित बिजयचोकमा रहेको सिराहा धनुषा होटल एन्ड लजमा प्रमीला दमाईको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । २८–२९ वर्षकी प्रमीला शनिवार लजको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् ।

हत्यामा संलग्न आरोपमा एक जनालाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए । जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले उनलाई काठमाडौँबाट पक्राउ गरेको हो । आरोपी दोलखाका स्थानीय हुन् ।

पक्राउ परेका पुरुष र रामेछापको लिखु तामाकोशी घर भएकी प्रमीला विवाहेत्तर प्रेम सम्बन्धमा थिए । हत्यापछि होटलको कोठामा बाहिरबाट साँचो लगाएर उनी भागेका हुन् । माघ २६ मा हत्या भएको र दुई दिनपछि घटना सार्वजनिक भएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖