• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

विद्यालय जान लागेका प्रधानाध्यापकमाथि कुटपिट


  • धनकुटा खबर
  • .

रुपन्देही । अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं. ८ मा रहेको बालशिक्षा माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र पन्थीलाई वैद्य नेतृत्व रहेको क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यकर्ताले हातपात गरेका छन् ।

पन्थीमाथि हातपात तथा अभद्र व्यवहार गरेका क्रान्तिकारी कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज हुकुम खड्का र सहसेक्रेटरी नरिश्वर पाण्डे पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले प्रधानाध्यापक पन्थीलाई घरबाट बिहान विद्यालय जाने क्रममा मोटरसाइकल रोकेर हातपात तथा अभद्र व्यवहार गरेको आरोपमा नरेश्वर पाण्डे र हुकुम खड्कालाई पक्राउ गरेको जनाएको छ ।

विद्यालयमा जाने क्रममा शिक्षकलाई हातपात तथा अभद्र व्यवहार गरेको भन्दै जिल्लामा क्रियाशील शिक्षकहरूका संघ, संगठनले कडाभन्दा कडा कारबाहीको माग गरेका छन् ।

नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, एकीकृत अखिल नेपाल शिक्षक संगठन, अनेशिसं, अनेशिसंगठन र प्रनेराशिसंले एक संयुक्त विज्ञप्ति जारी गरी कारबाहीको माग गरेका हुन् ।

मालारानी गाउँपालिकाले पनि यो घटनाको विरोध गर्दै दोषीलाई कडा कारबाहीको माग गरेको छ । पन्थी एमाले निकट शिक्षक संगठनमा आवद्ध छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖