• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

हस्पिटलमा डियुटी गर्दागर्दै सेक्युरिटी गार्ड इन्चार्ज कुमार बोगटीको मृत्यु


  • धनकुटा खबर
  • .

भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलमा डियुटी गर्दागर्दै सेक्युरिटी गार्ड इन्चार्जको मृत्यु भएको छ ।

भद्रपुर नगरपालिका- ६ निवासी कुमार बोगटीको मृत्यु भएको हो । उनको आज बिहान ५:१५ बजे हृदयाघातको कारण मृत्यु भएको हस्पिटलले जनाएको छ । हस्पिटलको आकस्मिक कक्ष नजिकैको मूल गेटमा डियुटीमा रहेका बेला बोगटीलाई हृदयाघात भएको थियो ।

उनलाई उपचारका लागि आकस्मिक कक्ष पुर्‍याउन नपाउँदै मृत्यु भएको जनाइएको छ । उनी हस्पिटलमा १४ वर्ष देखि सेक्युरिटी इन्चार्ज पदमा कार्यरत थिए । हस्पिटलले कर्तव्य निष्ठ र मिलनसार कर्मचारी गुमाएको जनाएको छ । उनको श्रीमती र दुई छोरी रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖