• Friday 16th of October 2026

फागुनका लागि १६ बाणिज्य बैंकले घटाए ब्याजदर, कुनको कति ?


  • धनकुटा खबर
  • .

काठमाडौं, २९ माघ । फागुन महिनाका लागि बाणिज्य बैंकहरुले निक्षपमा नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । फागुन महिनाको लागि औषत व्याजदर घटाइएको छ । माघ महिनामा ८.१२ प्रतिशत औषत व्याजदर कायम भएको थियो भने अहिले घटेर औषत व्याजदर ७.७२ प्रतिशत कायम भएको छ ।

राष्ट्र बैंकको नियमअनुसार आउँदै महिनाका लागि अघिल्लो महिनाको समान्तमै व्याजदर सार्वजनिक गर्नुपर्ने हुन्छ । सोही व्यवस्थाअनुसार बाणिज्य बैंकहरुले ब्याजदर घटाएका हुन् । २० वटा बाणिज्य बैंकमध्ये १६ वटाले व्याजदर घटाएका छन् भने ४ वटा बैंकले माघ महिनाकै ब्याजदर कायम राखेका छन् ।

कृषि विकास बैंकले माघ महिनाका लागि ९.१५ प्रतिशत कायम गरेको व्याजदर घटाएर फागुनका लागि ६.४४२ प्रतिशत तोकेको छ । त्यसैगरी नेपाल बैंकले ८ प्रतिशतबाट घटाएर नयाँ ब्याजदर ७.२५ प्रतिशत कायम गरेको छ । राष्ट्रिय बाणिज्य बैंकले ८.०७ बाट घटाएर नयाँ ब्याजदर ७.३५ प्रतिशत कायम गरेको छ ।

त्यसैगरी, सिटिजन्स बैंकले ८.२५, स्ट्यान्डर्ड चार्टर्डले ७.३५, प्राइम कमर्शियल बैंकले ७.४०, सानिमा बैंकले ७.५१, नेपाल इन्भेष्टमेन्ट बैंकले ८, प्रभु बैंकले ७.५, एनएमबी बैंकले ८.५, ग्लोबल आईएमई बैंकले ७.६, नविल बैंकले ७.७५, नेपाल एसबीआई बैंकले ८.१, कुमारी बैंकले ८.०१, सिद्धार्थ र एनआईसी एसीया बैंकले ८/८ प्रतिशत नयाँ ब्याजदर कायम गरेका छन् ।

हिमालयन, एभरेष्ट, लक्ष्मीसनराइज र माछापुछ्रे बैंकले माघ महिनाकै ब्याजदरलाई कायम राखेका छन् । हिमालयनको ब्याजदर ८.१५ प्रतिशत रहेको छ भने अन्य तीन वटा बैंकको ब्याजदर ८ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖