• Friday 16th of October 2026

‘जनयुद्ध दिवसमा सार्वजनिक विदा छैन’ : गृह


  • धनकुटा खबर
  • .

काठमाडौं, २९ माघ । फागुन १ गते जनयुद्ध दिवसको दिने सार्वजनिक बिदा नहुने भएको छ ।

गृह मन्त्रालयले सोमबार एक सूचना प्रकाशित गर्दै सार्वजनिक बिदा कायम नरहेको जनाएको हो ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार फागुन १ गतेको सार्वजनिक बिदा कायम नरहेको हो ।

‘सम्मानित सर्वोच्च अदालत फैसलाका आधारमा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/१०/२५ को बैठकको निर्णयानुसार नेपाल राजपत्र (खण्ड ७२, संख्या ६५, भाग ५, मिति २०७८/१२/०२) मा प्रकाशित संवत् २०८० फागुन १ गते मंगलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको व्यहोरा सम्बद्ध सबैको जानकारीका लागि अनुरोध छ,’– प्रवक्ता भट्टराईद्वारा जारी सूचनामा भनिएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖