• Friday 16th of October 2026

भोलि फागुन १ गते सार्वजनिक बिदा ?


  • धनकुटा खबर
  • .

गृह मन्त्रालयले भोलि फागुन १ गते सार्वजनिक बिदा नरहेको बताएको छ। गत वर्ष फागुन १ गते सार्वजनिक बिदा दिइएको थियो। गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सोमबार सूचना निकालेर फागुन १ गते मंगलबार सार्वजनिक बिदा कायम नरहेको उल्लेख गरेका छन्।

संघीय सरकारले गत वर्ष ‘जनयुद्ध दिवस’ का दिन फागुन १ मा बिदा दिएको थियो। तर सर्वोच्च अदालतले उक्त बिदा बदर गरिदिएको थियो। सर्वोच्चले बिदा बदर गरिदिएपछि गृह मन्त्रालयले सूचना निकालेर फागुन १ मा सार्वजनिक बिदा नरहेको प्रष्टाएको छ।

सर्वोच्चले गत पुस १३ गते अबदेखि ‘जनयुद्ध दिवस’ मा बिदा नदिन आदेश दिएको थियो। शान्ति प्रक्रियाका कार्यभार पूरा नहुँदै गरिएको सार्वजनिक बिदाले पीडितलाई थप पीडाबोध भएको सर्वोच्चको व्याख्या थियो।

विभिन्न स्थानीय तहहरूले भने ‘जनयुद्ध दिवस’ का अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖