• Friday 16th of October 2026

जनयुद्द दिवसको नाममा माओवादी जनप्रतिनिधिको उछिनापाछिन, पालिका नजितेका ठाउँमा वडाले दिए आफूखुशी बिदा


  • धनकुटा खबर
  • .

काठमाडौं । फागुन १ गते जनयुद्ध दिवसका अवसरमा स्थानीय तहमा प्रमुख वा उपप्रमुख तथा अध्यक्ष वा उपाध्यक्ष नजितेका ठाउँमा वडाले पनि आफुखुशी बिदा दिएका छन् ।

स्थानीय तहको प्रमुख वा उपप्रमुख तथा अध्यक्ष वा उपाध्यक्षमा अन्य दलबाट निर्वाचित भएका तर वडामा नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित वडाध्यक्षले आफुखुशी आफ्नो वडामा मात्रै भए पनि उक्त दिन सार्वजनिक बिदा दिएका हुन् ।

जसमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष अशोककुमार गौतम र रोशी गाउँपालिकाकै वडा नम्बर ८ का वडाध्यक्ष जीतबहादुर तामाङले जनयुद्द दिवसका अवसरमा वडा कार्यालयको लेटर प्याडमा सूचना जारी गर्दै सार्वजनिक विदा दिइएको जानकारी गराएका छन् । यस्तैगरी, अन्य स्थानीय तहमा पनि माओवादी केन्द्रबाट निर्वाचित वडा अध्यक्षले वडामै सार्वजनिक बिदा दिएका छन् ।

सरकारले भने सर्वोच्च अदालतले उक्त दिनको बिदा बदर गरेपछि सार्वजनिक बिदा नभएको जानकारी गराइसकेको छ । गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको हो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖