• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

‘प्रहरीको असई हुँ’ भनेर ठगेको आरोपमा अमिलाकुमारी पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । ‘प्रहरी हुँ’ भनेर ठगेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ ।

बैतडीको पुर्चौडी नगरपालिका घर भएकी २४ वर्षीया अमिलाकुमारी साउदलाई प्रहरी वृत्त थानकोटले पक्राउ गरेको हो ।

आफू प्रहरीको असईबाट सईमा प्रमोसन भएको बताउने आरोपीले लोभमा पारेर ठग्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

आरोपी विरुद्ध एक जनाले १ लाख ५० हजार ठगेको भन्दै जाहेरी दिएका छन् । काठमाडौँ महानगरपालिका–१४ स्थित नैकापमा बस्ने साउदको डेराबाट प्रहरीको युनिफर्म बरामद गरिएको प्रहरी वृत्त थानकोटले जनाएको छ ।

उनले राष्ट्रिय अनुसन्धानको जवानमा भर्ना गरिदिन्छु भनेर रकम लिएको आरोप छ । घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖