• Friday 16th of October 2026

शाखा बन्दको समाचार गलत: एनआइसी एसिया


  • धनकुटा खबर
  • .

एनआइसी एसिया बैंकबारे केही सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित ‘बैंकले शाखा कार्यालयहरू बन्द गर्न लागेको’ भन्ने समाचारप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बैंकले विगत २६ वर्षदेखि देशको अर्थतन्त्र चलायमान राख्न आफ्नो स्थानबाट अग्रणी योगदान दिइरहेको उल्लेख गर्दै सो समाचार कपोलकल्पित भएको जनाएको छ।

हाल विभिन्न सञ्चार माध्यमहरूमा बैंकले आफ्ना ५० शाखा कार्यालय बन्द गर्न लागेको र सोको स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिएको भनी अफवाह फैलाइएकोमा यस्ता समाचार सत्य नभएको हुँदा भ्रमित नहुन सम्पूर्ण सरोकारवालामा बैंकले अनुरोध गरेको छ।

साथै आफ्ना कुनै पनि शाखा कार्यालय बन्द गर्ने रणनीति बैंकको नरहेकोे जनाएको छ।-नागरिक

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖