• Friday 16th of October 2026

एमाले उपाध्यक्ष बादलले दिए जनयुद्ध दिवसको शुभकामना


  • धनकुटा खबर
  • .

काठमाडौँ : नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले २९औँ जनयुद्ध दिवसको शुभकामना दिएका छन् । मंगलबार सामाजिक सञ्जालबाट शुभकामना दिँदै बादलले जनयुद्ध र जनआन्दोलनमा मृत्यु भएका शहीदहरूको स्मरण गर्दै सहिद, बेपत्ता र घाइते परिवारको योगदानको कदर गरेको बताएका छन् ।

उनले भनेका छन्–‘जनयुद्ध, जनआन्दोलनलगायतका आन्दोलनको क्रममा देश र जनताको मुक्तिको लागि आफ्नो प्राणको आहुति दिनुहुने महान् शहीदहरूको स्मरण गर्दै उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । बेपत्ता तथा घाइते योद्धाहरूको योगदानको स्मरण गर्दै उहाँहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु । साथै सहिद, बेपत्ता तथा घाइतेका परिवारको योगदानको उच्च कदर गर्न चाहन्छु ।’

जनयुद्धका बेला माओवादीको सैन्य इन्चार्ज समेत बनेका बादल २०७७ सालदेखि माओवादी छोडेर नेकपा एमालेमा क्रियाशील रहेका छन् । एमालेका अन्य उच्च तहका नेताहरूले जनयुद्ध दिवसको शुभकामना दिएका छैनन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖