• Friday 16th of October 2026

सुनको मूल्यमा गिरावट


  • धनकुटा खबर
  • .

काठमाडौँ । दुई दिनको स्थिरतापछि स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आज मंगलबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ७०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ छ । हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ थियो ।

सुनको मूल्यमा गिरावट आए पनि आज चाँदीको मूल्य भने स्थिर छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १३ सय ९५ रुपैयाँ छ । हिजो सोमबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖