• Friday 16th of October 2026

प्रहरीको सई हुँ भन्दै ठगी गर्ने महिला पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं– प्रहरीको (नायव निरीक्षक) सई हुँ भन्दै ठगी गरेको अभियोगमा १ जना महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा बैतडी पुर्चौडी नगरपालिका–६ घर भइ काठमाडौंको चन्द्रागिरी नगरपालिका–१४ नैकाप डेरा गरी बस्ने २४ वर्षीया अमिला कुमारी साउँद छन्।

उनलाई प्रहरी वृत्त थानकोटले सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। साउँदले आफूलाई नेपाल प्रहरीको प्रहरी नायव निरीक्षक (सई) हुँ भन्दै ठगी गर्ने गरेको प्रहरीले जनाएको छ। उनले आफू सई भएको परिचय दिँदै दैलेख नारायणनगरपालिका–११ बस्ने २६ वर्षीया महिलालाई राष्ट्रिय अनुसन्धान विभागको सिपाही पदमा जागिर लगाईदिने प्रलोभनमा पारी नगद १ लाख ५० हजार रूपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।

ठगीको उजुरीको आधारमा प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। साथै उनको साथबाट नेपाल प्रहरीको पोसाक १ जोर, प्रहरी सहायक निरीक्षकको दर्ज्यानी चिह्न १ थान, नेमप्लेट १ थान, बुट १ जोर, बेल्ट १ थान र मोबाइल १ थान समेत बरामद भएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖