• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

यसरी स्कुलमै शिक्षिकाबीच कुटाकुट परेपछि…


  • धनकुटा खबर
  • .

धनगढी । कैलालीमा शिक्षिकाबीच नै कुटाकुट भएको छ । जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ७ कुहिनेको अरनीको आधारभुत विद्यालयमा शिक्षिकाबीच कुटाकुट भएको हो ।

सोही विद्यालयमा प्रावि स्थायी दरबन्दी भएकी शिशिका देवकी जोशी र वाल विकास शिक्षिका रिता बिष्टबीच कुटाकुट भएको हो । माघ २६ गते शुक्रबार विद्यालय समयमा दुवै शिक्षिकाबीच कुटाकुट भएको विद्यालयका प्राधानाध्यापक लोकराज धमलाले जानकारी दिए ।

शिक्षिका बिष्टले आफ्नो औला काटेको देबकी जोशीले आरोप लगाकी छन् । जोशीले अहिले आफूलाई असुरक्षा भएको भन्दै प्रअलाई जानकारी गराई धनगढी घरमा बसेको बताएकी छन् ।

विद्यालय व्यवस्थापन समितिले दुर्वै पक्षलाई छलफल गराई विवाद मिलाउन माघ २९ गते बैठक राखिएको समितिकी अध्यक्ष हस्तनाकुमारी माँझीले बताइन् ।

बैठकमा दुवैपक्ष उपस्तिथी नभएका कारण बैठक बिना निष्कर्ष टुङ्गिएको अध्यक्ष माझीले बताइन् ।-प्रेसपत्र

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖