• Friday 16th of October 2026

फेरि जनयुद्ध लड्न तयार छु: वर्षमान पुन


  • धनकुटा खबर
  • .

काठमाडौं,१ फागुन । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले महान १० वर्षे जनयुद्धको उपलब्धिलाई संस्थागत गर्न नदिने तत्व हाबी भएको दाबी गरेका छन् ।

जनयुद्ध दिवसको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्रीसमेत रहेका पुनले सो दाबी गरेका हुन् । उनले देशले पुनः आवश्यक्ता महसुस गरे आफूहरु जनयुद्ध लड्न तयार रहेको उद्घोष गरे ।

आफूले २४ वर्षको छँदा ०५२ फागुन १ गते पहिलोपटक रोल्पाको होलेरी प्रहरी चौकी आक्रमणको नेतृत्व गरेको भन्दै पुनले आवश्यक परे फेरि अर्को जनयुद्ध लड्न तयार रहेको बताए। यद्यपि आफ्नो पार्टी प्रतिस्पर्धात्मक राजनीतिको पक्षमा रहेको उनको भनाइ थियो।

‘०५२ फागुन १ गते २४ वर्षको उमेरमा म कमाण्डर र पूर्वउपराष्ट्रपति आदरणीय नन्दबहादुर पुन सहायक कमाण्डरको भूमिकामा रहेर होलेरी प्रहरीमा आक्रमण गरेका थियौँ’, पुनले भने, ‘देश बदल्न अझै आवश्यक फेरि अर्को जनयुद्ध लड्न तयार छु।’

उनले आफ्नो लुटको स्वर्ग समाप्त भएपछि छटपटिएका दरबारिया र परिवर्तनको उपलब्धि उपभोग गर्ने तर जनयुद्ध स्वीकार नगर्नेलाई माओवादीलाई धेरै नजिस्क्याउन चेतावनी दिए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖