झापामा ८ महिने बालकको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका – ३ बेलडाँगी भुटानी शिविर सेक्टर बी ४ हट नम्बर ४३२ बस्ने ५० वर्षीय पञ्चवीर घिसिङ छन् ।उनलाई सोमवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घिसिङले आफ्नै घरमा आश्रय लिएर बसेकी २५ वर्षीया महिलाको ८ महिने छोरा एरित ओलीलाई भुइँमा पछारेका थिए ।
त्यसपछि बेहोस भएका ती बालकको दमक अस्पताल हुँदै किओच बाल अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको थियो ।
बालककी आमालाई समेत आवश्यक अनुसन्धान तथा सोधपुछका लागि नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
