• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

न्यूजिल्याण्ड भन्दै दलालले जर्जिया पुर्‍यायो, नेपाल डिपोर्ट भएपछि आत्महत्या


  • धनकुटा खबर
  • .

न्यूजिल्याण्डभन्दै दलालले जर्जिया पुगाएपछि एक युवकले आत्महत्या गरेका छन्।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२ कुशादेवी पातीखोरियाका २२ वर्षीय दिपेन्द्र हुमागाईंलाई दलालले न्यूजिल्याण्डभन्दै जर्जिया पुगाएका थिए।

जर्जियाबाट उनलाई त्यहाँको प्रहरीले पक्राउ गरेपछि नेपाल फर्काइएको थियो। गतसाता नेपाल फर्केका हुमागाईंले आइतबार आत्महत्या गरेका हुन्।

न्यूजिल्याण्ड जानका लागिभन्दै उनले १२ लाख रुपैयाँ दलाललाई बुझाएको र सो रकम फसेको भन्दै तनावका कारण उनले आत्महत्या गरेको पारिवारिक स्रोतले बताएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖