• Friday 16th of October 2026

सरकारले बिदा देओस् नदेओस् क्रान्तिकारीहरुले जनयुद्ध दिवस मनाउँछन्ः गृहमन्त्री श्रेष्ठ


  • धनकुटा खबर
  • .

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले बिदा नदिए पनि धुमधामका साथ जनयुद्ध दिवस मनाउन अपिल गरेका छन्।

काठमाडौँमा आयोजित पार्टीको विधान सम्मेलनमा बोल्दै गृहमन्त्री श्रेष्ठले फागुन १ अर्थात् जनयुद्ध दिवस क्रान्तिकारीहरुको महान दिन भएको बताउँदै यसलाई उत्साहपूर्वक मनाउन अपिल गरेका हुन्।

‘सरकारले औपचारिक रुपमा बिदा दिओस् नदिओस् आजको दिन एतिहासिक जनयुद्ध दिवस हो र क्रान्तिकारीहरुले, नेपाली जनताले यसलाई मनाउँछन्, मनाइरहेका छन्’, गृहमन्त्री श्रेष्ठले भने, ‘र, आज हामीले त्यसकारण पनि यो मनाइरहेका छौँ।’

उनले सर्वोच्च अदालतले जनयुद्ध दिवस मनाउन सरकारले दिएको बिदालाई रोक लगाए पनि फेरि सरकारले अर्को निर्णयबाट राष्ट्रिय उत्सवको रुपमा जनयुद्ध मनाउने व्यवस्था गर्ने बताएका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖