• Friday 16th of October 2026

दुर्गा प्रसाईसँग वार्ता गर्न लिङ्देनले बनाए वार्ता टोली, होला त सहकार्य ?


  • धनकुटा खबर
  • .

काठमाडौं,१ फागुन । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संस्थापक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग वार्ता गर्न राप्रपाले वार्ता टोली गठन गरेको छ ।

राप्रपाले प्रसाईं नेतृत्वको अभियानसँग कार्यगत एकता गर्दै आफ्ना एजेण्डा स्थापित गराउन दुवै टिमले सहकार्य गनुपर्ने निष्कर्षसहित राप्रपाले टोली बनाएको हो ।

रापपा अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार प्रसाईंसँग वार्ता गर्न महामन्त्री डा धवल शमसेर राणा र उपाध्यक्ष हेमजंग गुरुङ रहेको टोली गठन गरेका हुन् । राप्रपाले टोली बनाएपनि प्रसाईं समूहले टोली बनाउन बाँकी रहेको छ ।

प्रसाईं नेतृत्वको समूहले आज आफ्नो स्थापना दिवस भव्यरुपमा मनाईरहेको छ । दिवस मनाईसकेपछि प्रसाईंले पनि टिम गठन गर्ने र राप्रपा नेताहरुसँग वार्ता गर्ने बताईएको छ । राप्रपासँग कुरा मिलेमा दुवै पक्षले कार्यगत एकता गरेर अगाडि बढ्नेछन् ।

सोमबार राप्रपा अध्यक्ष लिङ्देन र प्रसाईंबीच भेटवार्ता भएको थियो । उक्त भेटमा पनि दुईजनाबीच मिलेर अगाडि बढ्ने सहमति भएको बताईएको छ । प्रसाईंले राजसंस्था फर्काउने भन्दै आन्दोलनसमेत गर्दै आएका छन्। उनले पटक-पटक पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटेका थिए। महाअभियान सुरू गरेको एक वर्ष पुगेका दिन मंगलबार पनि पूर्वराजा शाहलाई प्रसाईंले कार्यक्रममा बोलाएका थिए तर पूर्वराजा शाह चितवनमा रहेकोले आएनन्।

राप्रपाले पनि राजसंस्था, हिन्दु राष्ट्र र प्रदेश खारेजीका लागि फागुनदेखि आन्दोलन गर्ने गत पुस ३ मा बसेको केन्द्रीय समिति बैठकबाट निर्णय गरेको थियो। आन्दोलन सुरू गर्नुपूर्व अध्यक्ष लिङ्देनले प्रसाईं पक्षसँग संवाद गर्न वार्ता समिति बनाएका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖