काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा करिब एक महिनादेखि जारी बहस सकिएको छ ।
विशेष अदालतमा माघ २ गतेदेखि निरन्तर भइरहेको बहस मंगलबार सकिएको हो । सम्भवतः बुधबार फैसला आउने सम्भावना छ ।
ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याइएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्रीसमेत १७५ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
ललिता निवास प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले कीर्ते कसुरमा अनुसन्धान गरेर मुद्दा दायर गरिसकेको छ ।
