• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

म्यान्मार जाने क्रममा विमानमै निधन भएका बक्सिङका पूर्वप्रशिक्षक गुरुङप्रति खेलकर्मीको श्रद्धाञ्जली

  • धनकुटा खबर
  • .

बक्सिङका पूर्व प्रशिक्षक स्व. मदनकुमार गुरुङप्रति मंगलबार श्रद्धाञ्जली अपर्ण गरिएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिएको थियो।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, विभिनन राष्ट्रिय खेल संघका पदाधिकारी, प्रशिक्षक, खेलाडी, कर्मचारीलगायतले गुरुङको पार्थिव शरीरमा पुष्पगुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए।

गुरुङको माघ १३ गते पारिवारिक भेटघाटका क्रममा म्यान्मार जाने क्रममा निधन भएको थियो। त्यसदिन गुरुङ नेपालबाट थाइल्यान्ड हुँदै म्यान्मार जाने तयारीमा थिए।

नेपालबाट थाइल्यान्डका लागि प्रस्थान गरेको विमान उडिरहेकै अवस्थामा उनको निधन भएको बताइएको छ।

विमान उडेको करिब २० मिनेटमै उनको निधन भएपछि थाइल्यान्डका लागि उडेको विमानलाई बंगलादेशको ढाकामा अवतरण गरिएको थियो । विभिन्न प्रकृया पूरा गरी मंगलबार मात्र उनको पार्थिव शरीर नेपाल ल्याइएको हो।
स्व. गुरुङको मंगलबारै पशुपति आर्याघाटमा अन्त्येष्टी गरिएको छ ।

इमाडोल बस्ने ६१ वर्षीय स्व. गुरुङका २ छोरा र श्रीमती छन्।
स्व. गुरुङ २०४० सालमा बक्सिङ सहायक प्रशिक्षकका रुपमा राखेपमा सेवा प्रवेश गरेका थिए। उनी २०७७ सालमा बरिष्ठ प्रशिक्षकबाट राखेपबाट सेवा निवृत्त भएका थिए। स्व. गुरुङ नेपालका संस्थापक बक्सिङ प्रशिक्षक मध्ये एक भएको बक्सिङ संघका महासचिव मानबहादुर भण्डारीले जनाएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖