• Saturday 17th of October 2026

समाजवादीका २ नेतालाई भित्र्याउँदै ओलीले भने: तपाईंहरु पापकुण्डबाट मुक्त हुनुभयो


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले नेकपा एकीकृत समाजवादीलाई पापकुण्डको संज्ञा दिएका छन् ।

मंगलबार एमालेको पार्टी कार्यालय च्यासलमा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य प्रतापलाल श्रेष्ठ र केन्द्रीय सदस्य शंकरलाल श्रेष्ठलाई पार्टी प्रवेश गराउँदै सो कुरा बताएका हुन् । उनले नेता श्रेष्ठद्धयलाई एकीकृत समाजवादीको पापकुण्डबाट मुक्त भएको भन्दै पार्टीमा स्वागत गरेका छन् ।

‘तपाईंहरु रहनु भएको ठाउँ (नेकपा एकीकृत समाजवादी) पाककुण्डा नै थियो। तपाईंहरु पापकुण्डबाट मुक्त हुनुभएको छ,’ ओलीले भने, ‘देशका विरुद्ध काम गर्ने समूह, कम्युनिष्ट आचरण र विचारलाई ध्वस्त पार्न लागेको समूहबाट आफूलाई अलग गर्नु भनेको मोक्षप्राप्ति गर्नु हो।’

ओलीले कार्यकर्ताले जति ठूलो भारी बोके त्यति नै धेरै फाइदा पार्टीलाई हुने बताए। कार्यकर्ता जति धेरै सक्रिय भयो, त्यति धेरै फाइदा पार्टीलाई हुने पनि उनले बताए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖