• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

देशका धेरैजसो ठाउँमा मौसम बदली, छिटपुट वर्षाको सम्भावना


  • धनकुटा खबर
  • .

काठमाण्डौ – आज देशका धेरैजसो ठाउँमा मौसम बदली भएको छ । पूर्वको कोशी तथा पश्चिमको कर्णाली प्रदेशमा मौसम बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, मधेश, बाग्मती, लुम्बिनी तथा कर्णाली प्रदेशका एक/दुई ठाउँमा हल्कादेखि छिटपुट वर्षाको सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले बताउनुभयो । अहिले काठमाण्डौ उपत्यकामा पनि मौसम बदली छ।

त्यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । तराई मधेशका धनगढी, सिमरा तथा विराटनगरमा हुस्सु लागिरहेको छ ।

आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम ७ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖