• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

फटाहा कर्मचारीलाइ कारबाही गर्दा बालेन माथि जाइलागे वडाध्यक्षहरु, प्रक्रिया सिक्नुस भन्दै बालेनले यसरी हप्काए…


  • धनकुटा खबर
  • .

काठमाडौं । कर्मचारीलाई काठमाडौं महानगरपालिकाले गरेको कारबाहीलाई लिएर जनप्रतिनिधिले प्रश्न उठाएपछि मेयर बालेन्द्र साह आक्रोसित बनेका छन् ।

मंगलबार कार्यपालिका बैठकमा वडाध्यक्षहरूले कर्मचारीलाई स्पष्टीकरण सोध्ने अधिकार कसको हो ? सिधै मेयरले कारबाही गर्न मिल्छ ? भन्दै प्रश्न गरेका थिए ।

बैठकपछि सामाजिक सञ्जालमा मेयर साहले स्टाटस लेखे, ‘कर्मचारीबाट के गलत भएको हो भन्ने पनि थाहा छ, कर्मचारी स्वयंले ‘मैले गलत गरेको हो’ भनेर लिखितरूपमा स्वीकारेको पनि थाहा छ, यति हुँदाहुँदै पनि अब के गर्ने भनेर कार्यपालिकाबाट अगाडि बढ्न रोक्नुको अर्थ हो, वडाध्यक्षज्यूहरूको आफ्नो पार्टीको कर्मचारीलाई बचाउने खेल ।’ चोरभन्दा कसले खुट्टा तान्छ भन्ने जगजाहेर रहेको भन्दै उनले चोर भन्दा झस्किएर आफ्नो खुट्टा तान्नेप्रति शंका रहेको उनले बताए ।

https://youtu.be/TYy7SvQQicI

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖