• Saturday 17th of October 2026

पार्टीमा फेरि प्रचण्डको केन्द्रीकरण


  • धनकुटा खबर
  • .

काठमाडौं। सत्तारुढ नेकपा(माओवादी केन्द्र)ले मंगलबारदेखिसुरु गरेको विधान सम्मेलनमा विधानको प्रस्तावित मस्यौदामाथि छलफल चलिरहेको छ।

माओवादीले पुस ५ गते उपाध्यक्ष पम्फा भुषालको नेतृत्वमा सात सदस्यीय विधान मस्यौदा लेखन समित गठन गरेको थियो। उक्त मस्यौदा समितिले तयार पारेको प्रसतावित विधानको मस्यौदा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरिसकेको छ।

माओवादीको पदाधिकारी बैठकले पार्टीको विधान सम्मेलनको घोषणा गरेको थियो। यसअघि राष्ट्रियसभा गृहमा बसेको केन्द्रीय समिति बैठकले पनि विधान सम्मेलन हुँदै विशेष महाधिवेशन गर्ने निर्णय गरिसकेको छ।

माओवादीमा विगत लामो समयदेखि अध्यक्ष दाहालको एक क्षत्र राज छ। उनी नै दलको सर्वेसर्वा र सम्पूर्ण अधिकार निहित गरिएको छ। विगत ३४ वर्षदेखि पार्टी नेतृत्वमा अभिछिन्न रुपमा रहँदै आएका छन्।

आगामी नेतृत्वका लागि पार्टीमा उत्तराधिकारी समेत बनाउन नसकेको चर्चा छ। २०४३ सालदेखि पार्टी नेतृत्वमा निरन्तर रहँदै आएका दाहाल अहिले पनि पार्टीको नेतृत्वमै छन्।

तत्कालीन नेकपा(मशाल)को नेतृत्व लिए देखि हालसम्म सोही दलको मूल घटकका रुपमा रहेको माओवादी केन्द्रको अध्यक्ष पदमा कायमै छन्। अहिले जारी विधान सम्मेलनमा पार्टीले विगत युद्धकालमा तय गरिएको नेतृत्वको केन्द्रीकरण दोहोर्याउने नीति तय गर्न लागिएको बताइएको छ।

२० वटा समूहमा रहेर विधानको मस्यौदामाथि छलफल गरिरहेका सम्मेलनमा सहभागी माओवादी नेता कायकर्ताहरुले प्रत्यक्ष निर्वाचित एक पदीय संरचनामा पार्टीलाई लैजानुपर्ने सुझाव व्यक्त गरिरहेका छन्।

प्रस्तावित विधानको मस्यौदामा आज आज बिहान आठ बजेदेखि छलफल सुरु भएको सम्मेलनमा सहभागी केन्द्रीय सदस्य विमल अधिकारीले जानकारी दिए।

उनका अनुसार पार्टीको पदीय संरचनामा तीन पद कायम राख्दै ९ सदस्यीय शक्तिशाली सचिवालय बनाउने विषयमा छलफल भइरहेको छ। जस अनुसार अध्यक्ष, उपाध्यक्ष र महासचिव पदमात्रै राख्ने विषयमा बैठकमा सहभागीहरुले आफ्नो धारणा राखेका छन्।

आगामी केन्द्रीय समितिको आकारका विषयमा पनि छलफल भइरहेको उनले बताए। आगामी केन्द्रीय समितिमा युवाको सहभागीता उल्लेख्य बनाउने माग समेत गरिएको बताए।

‘विधानमा १९९ सदस्यीय बनाउने अथवा १५१ सदस्यीय बनाउने भन्ने विषयमा छलफल चलिरहेको छ।’ ,केन्द्रीय सदस्य अधिकारीले डिसी नेपालसँग भने, ‘जति सदस्यीय केन्द्रीय समिति हुन्छ त्यसमा युवाको सम्मानजनक सहभागीता हुनुपर्छ भन्ने विषय जोडदार ढंगले उठेको छ।’

माओवादीले एक पदीय जाने सम्भावना कम रहेको उनले औंल्याए। संसदीय राजनीतिमा सरिक भएको दलले भूमिगत कालीन शैलीको पदीय संरचनामा लैजान उपयुक्त नहुने उनको तर्क छ ।

यद्यपि विधान सम्मेलन सहभागी भएका सदस्यहरुको २० वटा समूहमा धारणा राख्ने क्रम चलिरहेकाले विधानमा समेटिएपछि मात्रै त्यसले पार्टीको आधिकारिक नीति तय हुने जनाइएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖