काठमाडौं, २ माघ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले आफू राष्ट्रिय प्रजातन्त्र पार्टीमा नलाग्ने बताएका छन् ।
आज (बुधबार) पत्रकार सम्मेलन गरी उनले आफू एमालेमा जान्छु भन्ने कुरा कल्पनाबाहिरको कुरा भएको बताए ।
‘दुर्गा प्रसाईँ राप्रापामा भित्रिन्छ भन्ने कल्पना बाहिरको कुरा । म एमालेको केन्द्रीय सदस्य छँदैथिए नी,’– उनले भने ।
