• Saturday 17th of October 2026

रवि र जिवीको पछाडि लाग्यो सम्पत्ति सुद्धीकरण


  • धनकुटा खबर
  • .

काठमाडौं, २ फागुन। सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सहकारी ठगी प्रकरणमा फरार जिबी राईको बैंकसँग सम्बन्धित विवरण मागेको छ । विभागले २० वटा बाणिज्य बैंकको नाममा पत्र काट्दै रवि र जिबीको खाता भए नभएको ? खाता भए त्यससँग सम्बन्धित विवरण लेखि पठाउन भनेको हो ।

विभागले नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक लिमिटेड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड, स्टाण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक लिमिटेड, नेपाल एसबिआई बैंक लिमिटेड, एभरेष्ट बैंक लिमिटेड ,एनआइसी एशिया बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड,लक्ष्मी सनराइज बैंक लिमिटेड, सिद्धार्थ बैंक लिमिटेड, कृषि विकास बैंक, ग्लोबल आइएमई बैंक लिमिटेड, सिटिजन्स बैंक, प्राइम कमर्सियल बैंक, एनएमबी बैंक लिमिटेड, प्रभु बैंक, सानिमा बैंक र माच्छापुछ्रे बैंकलाई संयुक्त पत्र लेख्दै रवि र जिबीसँग सम्बन्धित बैंक विवरण उपलब्ध गराउन भनेको छ ।

जिवी गोर्खा मिडिया प्रा.लि. द्वारा सञ्चालित ग्यालेक्सी फोर के टेलिभिजनको अध्यक्ष हुन् । भने रवि उक्त टेलिभिजनमा कार्यरत रहँदा सञ्चालकको भूमिकामा थिए । पछिल्लो समय सहकारी ठगी मुद्दामा जिबी फरार भएपछि टेलिभिजन सहकारीको लगानीमा खोलेको तथ्य बाहिरिएको थियो ।

विभागले सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ) सम्बन्धी कसूर जाँचबुझको सिलसिलामा उनीहरुको कारोबार विवरण आवश्यक परेको पत्रमा उल्लेख गरेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖