• Saturday 17th of October 2026

खाेलेर बचतकर्ताको ११ करोड हिनामिना


  • धनकुटा खबर
  • .

पर्वत । ११ करोड रुपैयाँ ठगी गरेको आरोपमा पर्वतको कुश्मास्थित माता पाथिभरा सहकारीका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्वतले श्रेष्ठलाई पक्राउ गरेको हो।

उनले बचतकर्ताको ११ करोड रुपैयाँ भन्दा बढी हिनामिना गरेको आरोप लागेको छ। पाथिभरा सहकारीका ११ जनाविरुद्ध पीडितले जाहेरी दिएका थिए। पीडितकै जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको पर्वत प्रहरीले जनाएको छ।

पक्राउ परेका किशोर पर्वतकै तपाईं हाम्रो बहुउद्देश्यीय सहकारीका अध्यक्ष बालगोपाल श्रेष्ठका भाइ हुन्। २९ करोड ठगीको आरोपमा लागेका बालगोपाल भने अहिले फरार छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖