• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

पत्नी र नातिनीसहित देवघाट पुगे पूर्वराजा


  • धनकुटा खबर
  • .

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी र नातिनीहरुसहित केही दिनयता चितवनमा छन् । उनी चितवनस्थित सोल्टी होटलमा बस्दै आएका छन् भने त्यहाँबाट राजवादीसँग भेटघाटका साथै विभिन्न मन्दिर र धार्मिकस्थलहरुको भ्रमणमा व्यस्त छन् ।

सोही क्रममा उनी बुधबार पत्नी कोमल र दुई नातिनीसहित देवघाट पुगेका छन् । त्यहाँ उनले स्नान गर्नुका साथै राजवादीहरुसँग भेटघाट समेत गरेका छन् । उनलाई देवघाटमा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले स्वागत गरेको राप्रपा चितवनका युवा नेता सुलोभ सिग्देलले जानकारी दिए ।

राजधानीमा दुर्गा प्रसाईंको कार्यक्रममा सहभागी हुन निम्ता भएपनि उनी चितवन हान्निएका थिए । उनी अझै केही दिन चितवनमै रहने बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖