• Saturday 17th of October 2026

प्रेमीको जालमा परी भ्यालेन्टाइन डे मनाउन गएकी एक बालिका सामुहिक बलात्कार


  • धनकुटा खबर
  • .

सिरहा। सिरहामा प्रेमीको जालमा परी भ्यालेन्टाइन डे मनाउन गएकी एक बालिका सामुहिक बलात्कार परेकाे घटना बाहिरिएको छ। प्रेमीले ‘सरस्वती पूजा र भ्यालेन्टाइन डे’को बहानामा बालिकालाई लहानस्थित साथीको डेरामा लगेर बालिकामाथि सामुहिक बलात्कार गरेको घटना बाहिरिएको हो।

बालिका बलात्कार आरोपमा बिहीबार सुखिपुर नगरपालिका-२ का मणिराम यादवको छोरा वर्ष १८ को निकेश कुमार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनामा संलग्नलाई अन्यकाे खोजतलास गरिरहेको प्रहरीले जनाएको छ।

ती बालिकालाई ललाई फकाई साथीको डेरामा लगेर करणी गरेको आरोपमा बिहीबार बिहान घरबाटै निकेशलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता राजेन्द्र राज पाण्डे जानकारी दिए।

निकेशले किशोरीलाई लहान १ स्थित अरुण कुमार यादवको डेरामा लगेर बुधबार अपरान्ह ललाई फकाई जबरजस्ती गरणी गरेको र सोही कारण आफू बिरामी भएको आफन्तलाई जानकारी गराउनासाथ परिवारले उजुरी दिएका थिए। बालिका रक्ताम्य अवस्थामा डेरामै अचेत देखिएपछि एकजनाले आफन्तलाई खबर गरेका थिए।

किशोरीको उपचार विराटनगरमा भइरहकको र अवस्था समान्य रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖