• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

नेतृ दुर्गा पौडेल सासू बितेको ४ दिनमै बिहे पार्टीमा सहभागी भएपछि


  • धनकुटा खबर
  • .

प्यूठान, फागुन ३ । राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेल परिवारका सदस्यको मृत्यु भई शोकमा रहेकै बेला बिहे पार्टीमा सहभागी भएपछि चर्काे आलोचनामा पर्नुभएको छ ।

पौडेल बुधवार जयबीरसिंह देउवाको बिहे पार्टीमा सहभागी हुनुभएको हो । उहाँको सो तस्विर सार्वजनिक भएपछि पदका लागि सवै कुरा लिलामी गरेको भन्दै गृहजिल्ला प्यूठानवासी आक्रोशित बनेका हुन ।

सासु बितेको चार दिनमै पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेतृ आरजु राणा देउवाको छोरा जयबीरको बिहे पार्टीमा सहभागी भएपछि पौडेलको चर्काे आलोचना भएको हो ।

सत्ता गठबन्धनबाट राष्ट्रियसभामा राष्ट्रपतिले मनोनीत गर्ने कोटाबाट सांसद बन्ने अभियानमा रहनुभएकी पौडेल सोही पदका लागि आफ्नो संस्कार भुलेर शोकमा पनि शुभकाममा जानुभएको भन्दै प्यूठानका मतदाता आक्रोशित बनेका हुन ।

पौडेलकै मतदातामध्येका एकले सामाजिक सञ्जालमा फोटो राखेर लेखेका छन, ‘आफ्नै सानीमा सासु बितेको चार दिन भएको छ, ओठमा लाली दलेर बुहारी देउवापुत्र जयवीरसिंहको विवाह पार्टीमा शुभकामना दिन चिरिच्याट्ट ? शोक बारेर बस्नुपर्नेले यस्तो उत्तातउलो र नगर्नुपर्ने काम किन गरेको होला, दुर्गा पौडेलजी ?’

काज किरिया गर्ने कि नगर्ने भन्ने बिषय ब्यक्तिको स्वतन्त्रतामा भर पर्ने भए पनि शोक मनाउनु पर्ने ब्यक्ति शुभकामना दिँदै हिडने कुरा स्वीकार्य नहुने पनि उनको भनाई छ । ‘काजकिरिया गर्न वा नगर्न पाइन्छ, तर शोक मनाउनु पर्नेले शुभकामना दिएको देउवा, आरजु र जयवीरलाई थाहा भयो कि भएन ?’ उनको प्रश्न छ ।

लोभको नर्कमा डुबेपछि सासुआमा बित्दासमेत सुन्दर परिधानमा सजिएर राष्ट्रियसभाको मनोनयन निश्चित गर्न गरेको यो जात्रालाई के भन्ला लोकले ?

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖