• Saturday 17th of October 2026

मन्त्री किराँतीले आफैंले गरे कार्यकक्ष सफा


  • धनकुटा खबर
  • .

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आफ्नो कार्यकक्ष आफैंले सफा गरेका छन्। शुक्रबार बिहान १० बजेअघि आइपुगेका उनले आफ्नो कार्यकक्षमा पोछा लगाउँदै गरेको भिडियो सार्वजनिक गरेका छन्।

उनले भिडियोमा क्याप्सन लेखेका छन्, ‘बिहानी पख आफ्नै कार्यकक्षको शृङ्गार गर्दै!’
मन्त्री किराँती सफाइ कर्मचारीले सफा गरिरहेको समयमा कार्यकक्षमा पुगेका देखिन्छन्। आफू चाँडै कार्यालय आइपुग्ने गरेका कारण सफाइ कर्मचारीथि दबाब परेको कुरा उनले त्यहाँ इंगित गर्न खोजेका छन्। आफू चाँडो मन्त्रालय आउने गरेको संकेत गर्न त्यहाँ उनी भन्छन्, ‘तपाईंहरुलाई पनि दबाब पर्‍यो होला है।’

सफाइ कर्मचारीलाई उनी थप सोध्छन्- पहिले कतिबजे आउनुहुन्थ्यो?
उनको जवाफ हुन्छ- साढे ८ बजे।

मन्त्री किराँती अर्को प्रश्न गर्छन्- अहिले नि?
अहिले ७ बजे आउने गरेको ती कर्मचारी बताउँछिन्। जाडोमा चाँडै आउनुपर्दा रिस उठ्छ कि उठ्दैन भनेर सोध्दै देशका लागि काम गरेको सम्झिनुपर्ने बताउँछन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖