• Saturday 17th of October 2026

घोराही सिमेन्ट उद्योगमा बच्चासहित गणेशा अधिकारीकाे धर्ना


  • धनकुटा खबर
  • .

काठमाडौं । दाङको घोराही सिमेन्ट उद्योगले आफूहरूलाई दिनुपर्ने रकम नदिई उल्टै रकम माग गर्दा भएको सामान्य विवादलाई प्रहरी लगाएर थुनेको भन्दै रोजा एण्ड ट्रान्सपोर्ट कम्पनी सञ्चालक गणेशा अधिकारी उद्योगको मुख्य कार्यालय काठमाडौंमा बच्चासहित धर्ना बसेकी छन् ।

प्रहरीले ठूला उद्योगका कुरा सुनेर साना महिला उद्यमीलाई हेप्नेगरी सूचना दिएर भ्रममा पार्न खोजेको उनको गुनासो छ । उनले यसले आफूलाई थप अन्याय भएको र न्यायका लागि पहल गरिदिन आग्रह गरेकी छन् ।

‘फागुन २ गतेदेखि मेरो रोजा एण्ड राज ट्रान्सपोर्टमार्फत घोराही सिमेन्ट उद्योगमार्फत सगरमाथा सिमेन्ट फेक्ट्रीमा काम गर्दै आएको विगत ४/५ वर्षदेखि रकम माग गरिएको हो, मेरो पाउनु पर्ने रकम पनि नदिएको र कामपनि नदिएको कारण कार्मचारीबीच सामान्य भनाभन भएकै कारण मेरो श्रीमान वसन्तराज अधिकारी, भाइहरू यादव अधिकारी र खिम डिसीलाई फागुन २ गतेदेखि गिरफ्तारी गरी अपराधीसरह व्यवहार गर्दै अझै पाँच दिन म्याद थप गरेको छ’ अधिकारीले भनेकी छन् ।

उनले भनेकी छन्, ‘यो अन्यायविरुद्ध फागुन ३ गतेदेखि बालबच्चासहित घोराही सिमेन्टको मुख्य कार्यलय काठमाण्डौ मीनभवन ट्रेड टावरमा धर्ना दिइरहेको छु तर मुख्य प्रबन्धक आदित्य शाङ्‌घाईले भेटसम्म नदिएको अवस्था छ, अनावश्यक मुद्दामा थुनिएका मेरो श्रीमान्‌लगायत कर्मचारीलाई तत्काल मुक्त गरी रोजा एण्ड रोज ट्रान्सपोर्ट, कन्ट्रक्सनले पाउनुपर्ने रकम उपलब्ध गराईदिनुहुन सहयोग गर्न म सबैलाई आग्रह गर्दछु ।’प्रहरीले भने ती व्यक्तिहरूले घोराही सिमेन्टका म्यानेजरलाई आक्रमण गरेको आरोपमा मुद्दा चलाइसकेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖