• Saturday 17th of October 2026

कृष्ण कँडेलले भने– मलाई सिध्याउने खेल सुरु भयो


  • धनकुटा खबर
  • .

काठमाडौँ । लोकगायक तथा कार्यक्रम इन्द्रेणीका संचालक कृष्ण कँडेलले आफूलाई सिध्याउने खेल सुरु भएको बताएका छन् । उनले आफूलाई सिध्याएर देश बन्छ भने आफू तयार रहेको बताए । शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै कँडेलले आफूले शर्मिला श्रेष्ठ र कविता लामालाई नराम्रो कुनै गतिबिधि र नजरले समेत नहेरेको स्पष्ट पारे । ‘शर्मिला बहिनीले ममाथि तीनवर्ष अगाडि हेरेष्मेन्ट गरेको आरोप लगाउनु भएको छ’, कँडेलले भने, ‘त्यस्तो हो भने यो तीनवर्ष के हेरेर बस्नु भयो ।’ पहिले आफूलाई भगवान् भन्ने व्यक्तिले अहिले किन राक्षस भनिरहेको छन् भन्दै त्यो आफूले बुझ्न नसकेको कँडेलको भनाई थियो ।

विगत १५ वर्ष अगाडि ७ जनाबाट सुरु गरेको इन्द्रेणी कार्यक्रममा अहिले ३७ जनाभन्दा बढी रहेको बताएका कँडेलले पछिल्लो समय केहीसमय तलब दिन ढिलो हुँदा आफूमाथि विभिन्न आरोप लागेको खुलाए । कँडेलले आफूमाथि लागेको विभिन्न आरोप कपोकल्पित र झुटो रहेको भन्दै खण्डन समेत गरे ।

‘पछिल्लो समय मैले इन्द्रेणीमा थाइ कर्मचारी राख्नसक्ने अवस्था भएन भनेर सबै साथिहरु राखेर विधान बनायौ’, कँडेलले भने, ‘सबैले कार्यक्रम पर्छ र बोलाउछाँै । बोलाएको पारिश्रमिक दिन्छन् भनेर गरेका छौँ ।’ राम्रो गर्दा पनि आफूले भ्रष्टाचार गरे जस्तो गरेर विभिन्न आरोप लाग्दा दुःख लागेको उनले सुनाए । आफ्नो टिमको ५ जना व्यक्तिबाट यस्तो आरोप लाग्छ र अहिलेको परिस्थिति आउला भनेर आफूले कहिल्यै कल्पना समेत नगरेको कँडेलले सुनाए ।

‘इन्द्रेणी सबैको रुने ठाउँ हो । मैले कसैलाई अन्याय गरेको छैन । कसैलाई नचाहिँदो तवरबाट निकालेको छैन’, कँडेलले अगाडि थपे ,‘मेरो बारेमा नेगेटिभ कुरागर्ने, गुटबन्दी गर्ने, काट्छु र मार्छु भनेपछि के गर्ने ।’ कँडेलले आफूले अहिलेसम्म कसैको पैसा नखाएको बताए । उनले थपे, ‘मैले कसैको पैसा लिएर खाएको छ भने छानबिन गर्न सरकारलाई निम्तो दिन्छु ।’ कँडेलले आफू रोडबाट आएको व्यक्ति भएकोले रोडका मानिसलाई हेर्ने बताउँदै आम मानिसलाई बाहिर आएका विभिन्न कुराबाट भ्रममा नपर्न समेत अनुरोध गरे ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖