• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

रुखले च्यापिएर किशोरको मृत्यु


  • धनकुटा खबर
  • .

बैतडी । बैतडीमा रुखले च्यापिएर किशोरको मृत्यु भएको छ ।

प्रहरीका अनुसार शुक्रवार पाटन नगरपालिका–५ अड्तोलाका १९ वर्षीय प्रकाश पाण्डेयको आफैले काट्दै गरेको सल्लाको रुखले च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घर नजिकैको जङ्गलमा सल्लाको रुख काटिरहेका पाण्डेय रुख ढल्दा च्यापिएर गम्भीर घाइते भएका थिए ।

उनको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖