• Saturday 17th of October 2026

शिक्षकहरूलाई पार्टीको सदस्यता दिने काम बन्द…


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले शिक्षकहरूलाई पार्टीको सदस्यता दिने काम बन्द गर्ने बताएका छन्। नेपाली कांग्रेसले विगतमा शिक्षकहरूलाई राजनीतिको केन्द्रमा राखेको भन्दे अब त्यस्तो गर्न नहुनेमा जोड दिएका हुन्।

शिक्षा पत्रकार समूहको रजत जयन्तीको अवसरमा आयोजित संसदीय समितिसँग साक्षात्कार कार्यक्रममा बोल्दै पाण्डेले अबका दिनमा शिक्षकहरूलाई राजनीतिक दलको सदस्यता दिने काम बन्द गर्ने बताएका हुन्।

विगतमा शिक्षकहरूलाई राजनीतिक ओैजारको रूपमा प्रयोग गरिएको स्वीकार गर्दै अब त्यस्तो गर्न नहुने बताएका हुन्।

‘शिक्षकहरूलाई राजनीतिक ओैजारको रूपमा प्रयोग गरिएकै हो। त्यो हाम्रो कमजोरी भएको हो। अब यसलाई सुधार गर्नुपर्छ। शिक्षकलाई राजनीतिक दलको सदस्यता दिनु बन्द गर्नुपर्छ। अब कांग्रेसले सदस्यता दिने काम गर्दैन’ पाण्डेले भने।

शिक्षकहरूलाई आफ्नो ट्रेड अधिकार दिइएको भन्दै उनीहरूले त्यही अधिकारको प्रयोग गर्न सक्ने तर राजनीतिक दलको सदस्य भएर अघि बढ्न नहुने बताएका हुन्।

शिक्षकहरू अवकाश पाएपछि राजनीतिक दलको सदस्य बन्न सक्ने तर, कार्यरत रहेको अवस्थामा पार्टीको सदस्य नहुनेमा जोड दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖