• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

३० वर्षीया महिलामाथि जबरजस्ती करणी


  • धनकुटा खबर
  • .

कञ्चनपुर । कञ्चनपुरमा ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

बेलौरी नगरपालिका-७ टेडीया बस्ने ४० वर्षीय हरिचन्द्र रानालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

रानाले ती महिलालाई माघ २३ गते बेलौरी नगरपालिका-७ पौलाहस्थित उखुबारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖