• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

रौतहटको ईशनाथमा कर्फ्यु


  • धनकुटा खबर
  • .

काठमाडाैं । रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यु लगाइएकाे छ ।

मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि आज शनिबार साँझ ५ बजेदेखि लागू हुनेगरी कर्फ्यु आदेश जारी गरिएकाे जिल्ला प्रशासन कार्यालय राैतहटले जनाएकाे छ ।

ईशनाथ नगरपालिकाको वडा नम्बर ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको विषयलाई लिएर फागुन २ गतेदेखि विवाद उत्पन्न भएको थियो । साे विवादलाई लिएर आज पुन: झडपकाे स्थिति सृजना भएकाले कर्फ्यु लगाइएकाे रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जारी गर्नुभएकाे आदेशमा उल्लेख छ ।

कर्फ्यु जारी भएको क्षेत्रभित्र कसैले आवतजावत गर्न नपाईने, भेला हुन नपाइने, बाहिर हिँडडुल गर्न, भेला गर्न, जुलुक प्रदशर्न गर्न, घेराउ र्‍याली गर्न, एवम अरु कुनै प्रकारको उच्छृंखल गतिविधि गर्न नपाइने आदेशमा उल्लेख छ ।

अर्काे आदेश नभएसम्मका लागि कर्फ्यु लगाइएकाे कार्यालयले जनाएकाे छ । आदेशकाे उल्लंघन गर्नेलाई कारबाही गरिने पनि चेतावनी समेत प्रशासनले दिएकाे छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖