• Saturday 17th of October 2026

मधेश प्रदेशका मुख्यमन्त्रीले आज विश्वासकाे मत लिँदै


  • धनकुटा खबर
  • .

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिनुहुने भएकाे छ ।

जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले प्रदेश सभामा विश्वासकाे मत लिन लाग्नुभएकाे हाे ।

प्रदेश सभाको बैठक दिउँसो २ बजेका लागि बोलाइएको प्रदेश सभा सचिवालयका निमित्त सचिव अरुणकुमार झाले निकाल्नुभएकाे सूचनामा उल्लेख छ । साेही बैठकमा मुख्यमन्त्री यादवले विश्वासकाे मत लिनुहुनेछ ।

दुई मन्त्रालयसहित मधेश प्रदेश सरकारमा सहभागी रहेको जनमत पार्टीले माघ ९ गते सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएकाे थियाे । यद्यपि मुख्यमन्त्री यादवसँग स्पष्ट बहुमत छ ।

१०७ सदस्य रहेको मधेश प्रदेश सभामा बहुतका लागि ५४ सांसद् समर्थन चाहिन्छ । तर मुख्यमन्त्री यादवलाई जनमत बाहेक सबै दलकाे समर्थन कायमै छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖