• Saturday 17th of October 2026

काठमाडौँका नाम चलेका पाँच तारेसहितका होटलको भन्सारमा दूषित खाद्य वस्तु प्रयोग हुने गरेको फेला


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँका नाम चलेका पाँच तारेसहितका होटलको भन्सारमा दूषित खाद्य वस्तु प्रयोग हुने गरेको फेला परेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ति होटलहरुको भान्साको अनुगमन गर्दा उपभोग्य मिति सकिएका खाद्य वस्तुहरु बरामद भएको हो ।

तीन वटै होटलमा होटलका ग्राहकका लागि तयार गरिने खानाका कच्चा खाद्य वस्तुहरु उपभोग्य मिति सकिएको अवस्थाको प्रयोग गरिने अनुगमनका क्रममा फेला परेको विभागका सूचना अधिकारी आनन्द पोख्रेलले बताए । गौशालामा रहेको पाँच तारे द्धारिककाज बुकिटसहित, बबरमहलको बसेरा बुटीक होटल र लाजिम्पाटको ले हिमालयन होटलको भान्सामा अखाद्य वस्तु फेला परेको पोखरेलले बताए ।

‘पाँच तारे होटलकै भान्सा यस्तो होला भन्ने सोचेका थिएनौँ,’ सूचना अधिकारी पोखरेलले भने, ‘पाँच तारेदेखि बुटिक भनिने र नाम चलेकै होटलको भान्सामा दूिषत खाद्यान्न भेटियो ।’ विभागका अनुसार होटलको भान्साहरुमा पिठो, ग्रीन इडिबल तेल, कोकटन क्रिम, दुध, मेथी, ब्रेड, दही, जुस जस्ता खाद्य वस्तुहरु उपभोग्य मिति समाप्त भइसकेके अवस्थामा प्रयोग गरिने गरेकोे पाइएको छ ।

पाँच तारे होटलमा उपभोग्य मिति सकिएको पिठो

काठमाडौँको गौशालामा रहेको द्धारिकाज होटल नेपाली तथा विदेशी पाउहुनाका लागि पहिलो रोजाइमा पर्ने होटल हो । विभिन्न मुलुकका सरकार प्रमुख समेत बस्ने यो होटलको भान्सा नै दूषित रहेको विभागले बुधबार गरेको अनुगमनमा खुलेको छ । विभागले बुधबार सो होटलको भान्सामा प्रयोग हुने वस्तुहरु अनुगमन गर्दा ११ हजार ६ सय मूल्य बराबरको पिठो, एडिबल कलर , कोकनट क्रिम अखाद्य रहेको फेला पारेको हो ।

होटलले ग्राहकलाई उपलब्ध गराउउने भोजनम प्रयोग गरिने तीन वटै वस्तुको उपभोग्य अवधि (एक्सपायरी डेट) सकिएको पाइएको सूचना अधिकारी पोखरेलले बताए । विभागले सो होटलम बरामद म्याद सकिएका सामाग्री नष्ट गरेर होटललाई ३ लाख रुपैयाँ जरिवाना समेत गरेको छ ।

प्रशासनिक अड्डा मै सडेको जुस र ब्रेड

सिंह दरबारको दक्षिणी मूख्य प्रवेशद्धारको छेउमै रहेको बसेरा बुटिक होटललाई पछिल्लो समय प्रशासनिक अड्डाको नामले चिनिन्छ । सिंहदरबार भित्र गर्न नमिल्ने कर्मचारीहरुँंगको कुराकानी र डील यही होटलमा हुने भन्दै यो होटल बदनाम छ । सिंहदरबारका मानिसले रुचाएको सोही होटलको भान्सामा भने सडेको जुस र पाउरोटी (ब्रेड) वाणिज्य विभागले फेला पारेको छ ।

विभागले मंगलबार होटलको स्थलगत अनुगमन गरेको थियो । अनुगमन क्रममा होटलको भान्सामा उपभोक्ताका लागि दिइने जुस र पाउरोटी म्याद सकिएको अवस्थामा फेला परेको विभागले जनाएको छ । सो होटलबाट उपभोग्य मिति सकिएको खाद्यान्नहरु जफत गरेर होटललाई ३ लाख रुपैयाँ जरिवाना गरिएको सूचना अधिकारी पोखरेलले जानकारी दिए ।

ले हिमालयको भान्सामा दूषित खाद्यान्न धेरै

अनुगमन भएका मध्ये काठमाडौंको लाजिम्पाटमा रहेको ले हिमालयन होटलको भान्सामा सबै भन्दा धेरै उपभोग्य मिति सकिएको खाद्यान्न फेला परेको वाणिज्य विभागले जनाएको छ । होटलले प्रयोग गर्ने, दुध, मेथी, ब्रेड (पाउरोटी), दही र पिठोको उपभोग्य मिति सकिएको पाइएको विभागको अनुगमन टोलीले जनाएको छ । उपभोग्य मिति सकिएको अवस्थामा १० हजार ८२० रुपैयाँ मूल्य बराबरको ति वस्तु नष्ट गरेर होटललाई ३ लाख रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ । -सिधाकुरा

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖