• Saturday 17th of October 2026

मधेश सरकारलाई विश्वासको मत नदिने एमालेको निर्णय


  • धनकुटा खबर
  • .

काठमाडौं,६ फागुन । नेकपा एमालेले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

एमाले मधेश प्रदेश संसदीय दलको आज बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र विश्वासको मत पनि नदिने निर्णय गरेको हो ।

जसपा नेतृत्वको सरकारमा सुरुवातमा सहभागी रहेको एमालेले आफ्नो मन्त्री फिर्ता बोलाए पनि सरकारलाई दिएको समर्थन भने कायम राखेको थियो। सरकारबाट जनमत पार्टीले समर्थन फिर्ता लिएपछि आइतबार मुख्यमन्त्री तेस्रो पटक मधेस प्रदेशसभामा विश्वासको मत लिन लागेका छन्।

मधेसमा १ सय ७ प्रदेशसभा सदस्यमध्ये सरकारलाई बहुमतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ। प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका २४, काँग्रेसका २२ र जसपाका १९, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९ एकीकृत समाजवादीका ७ र लोसपाका ९ सांसद छन्।

जनमत र एमालेले विश्वासको मत नदिएपनि यादव नेतृत्वको सरकारले सहजै विश्वासको मत पाउनेछ । मधेश प्रदेश सरकारमा रहेका दलहरू कांग्रेस,जसपा,माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीको प्रदेश सांसदबाटै मुख्यमन्त्री यादवलाई चाहिने बहुमतभन्दा बढी विश्वासको मत प्राप्त भइरहेको छ । सरकार चलाउन मुख्यमन्त्री यादवलाई कम्तीमा ५४ प्रदेश सांसदको समर्थनको आवश्यकता छ । यद्यपि सत्ता गठबन्धन दलबाटै मुख्यमन्त्रीले ६५ प्रदेश सांसदको समर्थन पाइरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖