• Saturday 17th of October 2026

प्रजातन्त्र दिवसमा जहानियाँ शासनकै झल्को, टुँडीखेलमा पत्रकारलाई प्रवेश निषेध


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रजातन्त्र दिवसको अवसरमा गृह मन्त्रालयले सैनिक मञ्च टुँडीखेलमा आयोजना गरेको समारोहमा पत्रकारलाई प्रवेश निषेध गरिएको छ । सैनिक मञ्च टुँडीखेलमा जारी समारोहमा समाचार संकलनका लागि पुगेका पत्रकारलाई प्रवेशमा रोक लगाइएको हो ।

पत्रकारलाई प्रवेशमा रोक लगाएपछि पत्रकारहरुले क्यामेरा डाउन गरेर सांकेतिक विरोध गरेका छन् । सूचना विभागले उपलब्ध गराएको प्रेस कार्ड देखाउँदा पनि प्रवेश दिइएको छैन । आयोजना गरेको कार्यक्रममा फोटो तथा भिडियो खिच्न नदिएपछि पत्रकारहरूले गेट बाहिर क्यामरा डाउन गरेका छन्।

नेपाली जनता जहानियाँ राणा शासनबाट मुक्त भई प्रजातन्त्र स्थापना गरेको दिनको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम गरी ७४औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाईंदै छ । नेपाली जनताको सङ्घर्ष र बलिदानीबाट राणा शासनको अन्त्य भई प्रजातन्त्रिक नयाँ युग प्रारम्भ भएको दिन फागुन ७ लाई नेपाल र नेपाली जनताका निम्ति ऐतिहासिक महत्वको दिनको रुपमा लिइन्छ ।

जनक्रान्तिका माध्यमबाट निरंकुश राणाशासनको अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको गौरवपूर्ण दिनको सम्मान गर्दै प्रत्येक बर्ष फागुन ७ गते यो दिवस मनाईंदै आएपनि पत्रकारलाई भने सार्वजनिक समारोहमा प्रवेश निषेध गरिएको छ ।

प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको अभ्यास हुंदै आएपनि राज्यको चौथो अङ्गलाई समारोहस्थलमा प्रवेशबाट बञ्चित गराएर सरकारले जहानियाँ शासनकै झल्को देखाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖