• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

नक्कली डिएसपी पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौ । काठमाडौँको लाजिम्पाटमा मधेसी युवालाई दुर्व्यवहार गर्ने नक्कली डिएसपी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको धनगढीका प्रवीण श्रेष्ठ रहेका छन् ।

दरबारमार्ग प्रहरीले ती व्यक्तिलाई आइतबार पक्राउ गरेको हो ।

उनले गत शनिवार राति लाजिम्पाट क्षेत्रमा गाडी साइड लगाउने विषयमा एक जना मधेसी युवालाई आफू प्रहरीको डिएसपी भएको भन्दै धाक धम्कीसहित गालीगलौज गरेका थिए ।

वीरगञ्जका अङ्कित गुप्ताले गाडी ओभरटेक गरेको भन्दै श्रेष्ठले उनलाई ‘तँ इन्डियन नागरिकता छ कि छैन, म डिएसपी हुँ’ भन्दै अपशब्द समेत प्रयोग गरेका थिए ।

श्रेष्ठले गुप्तालाई धम्क्याएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । धम्क्याउने श्रेष्ठ प्रहरी नभएको दरबारमार्ग प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖