• Saturday 17th of October 2026

‘प्रधानमन्त्रीले मन्त्री ज्वालालाई टेढो आँखाले हेर्न पनि सक्नुहुन्न’:सूर्य थापा


  • धनकुटा खबर
  • .

काठमाडौं, ७ फागुन । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई टेढो आँखाले पनि हेर्न नसकेको टिप्पणी गरेका छन् ।

हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले बालकुमारी घटनामा दोषी करार हुँदा पनि मन्त्री ज्वालालाई बर्खास्त नगरेको भन्दै यस्तो टिप्पणी गरेका हुन् । ‘प्रकाश ज्वालालाई प्रधानमन्त्रीले टेढो आँखा लगाएर हेर्न सक्नुहुन्छ ?’ उनले प्रश्न गरे ।

साथै, समाजवादी मोर्चालाई उनले खोओवादी मोर्चाको संज्ञा दिए । उनले भने, ‘समाजवादी मोर्चा बनेको छ रे । त्यसको संयोजक विप्लवजीको पोल्टामा गएको छ रे । उहाँले सम्हालेको दिन त्यो समाजवादी मोर्चा हो कि खाओवादी मोर्चा हो ?’ उनले प्रश्न गरे ।

गत पुस १३ गते ललितपुरको बालकुमारीमा दुई जना युवाको ज्यान जानेगरी भएको घटना छानविन गर्न गठित जाँचबुझ आयोगले उक्त घटनाको प्रमुख दोषी भौतिक पूर्वाधार तथा यातायात मन्त्री ज्वाला रहेको निश्कर्ष निकालेको थियो ।

साथै, मन्त्री ज्वालालाई बर्खास्त गर्न माग गर्दै हिजो (आइतबार) प्रतिनिधि सभामा एमाले र रास्वपाका सांसदहरुले आवाज उठाएका थिए । प्रधानमन्त्रीले यतिधेरै विवादित पात्रलाई पनि क्याविनेटमा राखेको भन्दै नेता थापाले यस्तो टिप्पणी गरेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖