• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

यि हुन् भाइरल भिडिओका नक्कली डीएसपी


  • धनकुटा खबर
  • .

काठमाडौं। सामाजिक सञ्जालमा भाइरल भएको आफूलाई प्रहरीको डीएसपी भन्दै थर्काएको भिडियोका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं प्रहरी परिसरको टोलीले काठमाडौं महानगरपालिका-४ चुनदेवीका ५२ वर्षीय प्रविन श्रेष्ठलाई पक्राउ गरेको हो।

श्रेष्ठ प्रहरी नभएको प्रहरीले जनाएको छ। उनले सवारी चालकलाई थर्काइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

नैतिकताविरुद्धको कसुर गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖