• Saturday 17th of October 2026

नवजात शिशु मृत फेला, कोठामा बस्दै आएकी महिला फरार


  • धनकुटा खबर
  • .

धनगढी : धनगढी उपमहानगरपालिका- ४ बसपार्क नजिक एक घरको कोठामा नवजात शिशु मृत फेला परेका छन्। धनगढी उपमहानगरपालिका- १६ घर भई बसपार्कमा बस्दै आएकी पूजा रानाको कोठामा सोमबार राति शिशु मृत फेला परेका हुन्। कोठामा शिशु मृत भेटिएपछि घरबेटी र कोठाको ताला तोडेर भित्र पसेका दुई जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे अनुसन्धान गर्न भन्दै प्रहरीले घरबेटी र गोदाबरी घर भएका दुई महिलालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता कुलदीप चन्दले बताए।राति कोठाको ताला तोडेर भित्र गएका महिलाहरूले कपडामा बेरिएको अवस्थामा नवजात शिशु देखेपछि प्रहरीलाई खबर गरेका उनले बताए। चन्दका अनुसार कोठामा बस्दै आएकी पूजा भने फरार छिन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले नियन्त्रणमा लगेका महिला र पूजाबीच पैसाको लेनदेन थियो। प्रवक्ता चन्दका अनुसार पूजाले आफू बाहिर रहेको र कोठामा पैसा राखेकोले ती महिलाहरुलाई ताला तोडेर भित्र बस्न भनेकी थिइन्। सोही क्रममा महिलाहरुले कोठामा नवजात शिशु देखेपछि प्रहरीलाई खबर गरे। प्रहरीले मृत फेला परेका नवजात शिशुलाई पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖