• Saturday 17th of October 2026

अब नेपालीले भारतीय सीमकार्ड लिन पाउने


  • धनकुटा खबर
  • .

काठमाडौं। भारतमा रहेका नेपालीले त्यहाँको सीमकार्ड लिन पाउने भएका छन्। यसअघिको प्रावधानलाई संशोधन गर्दै भारतीय सरकारले नेपाली नागरिकले पनि सीमकार्ड लिन सक्ने व्यवस्था गरेको हो।

यसअघि नेपालीले सीमकार्ड लिन पाउने व्यवस्था थिएन। अब भने नेपाली नागरिकले आफ्नो नागरिकता, राहदानी, मतदाता परिचयपत्र वा दूतावासले जारी दूतावासले जारी गरेको परिचयपत्रको आधारमा भारतको सीमकार्ड लिन सक्ने भारतका लागि नेपाली राजदूत डा राजदूत डा. शंकरप्रसाद शर्माले जानकारी दिएका हुन्।

यसबारे जानकारी दिँदै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राम्रो खबर! नेपाली नागरिकले अब आफ्नो राहदानी, नागरिकताको प्रमाणपत्र, मतदाता परिचयपत्र वा दूतावासले जारी गरेको परिचयपत्रका आधारमा सिमकार्ड लिन सक्नेछन् ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖