• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

वाईसिएल शान्तिनगरका अध्यक्षमाथि कुटपिट


  • धनकुटा खबर
  • .

शान्तिनगर, ८ फागुन ।वाइसिएल शान्तिनगरका अध्यक्ष दिपेश भण्डारीलाई कुटपिट गरिएको भन्दै वाईसिएल नेपाल दाङ र नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) शान्तिनगर गाउँपालिकाले दोषी उपर कानुनी कारवाहीको माग गरेको छ ।

बबई गाँउपालिका-७ बस्ने सन्दिप घर्ती र दंगिशरण -५ बस्ने जेनिस मगर लगायतको नेतृत्वको समुहले दिनदहारै संगठनका अध्यक्षको ज्यान लिने उदेश्यका साथ कुटपिट गरी फरार भएका छन् ।

अध्यक्ष भण्डारीलाई २०८०/११/०६ गतेका दिन राति करिब ११ बजेका समयमा भण्डारीको घर नजिक आएर वाईकको जोडले आवाज निकाल्ने,फोन गर्ने जस्ता विभिन्न किसिमका डरत्रासका वातावरण बनाएर गएका थिए । तिनै व्यक्तिहरूले हिजो जे भयो,भयो मिलौ भनि ०७ गते फोन गरी शान्तिनगर ५ रगैचामा रहेको द किसान होटेलमा वोलाई छलफल भैरहेको अवस्थामा अध्यक्ष भण्डारीलाई जेनिश मगरले अपशब्द प्रयोग गर्दै खानेपानीको जगले हानेको र समाएर अपहरण शैलीमा स्कारपियोमा हाल्न खाजेको र फोन फुटाउने जस्ता अपराधिक क्रियाकलाप गरका थिए ।

निज टोले गुण्डा भनि चिनिने जेनिस मगर सहितको समुहलाई तुरुन्तै पक्राउ गरी हदैसम्मको कानुनी कारबाही गर्नका लागि दाङ जिल्ला प्रहरी प्रशासन तथा सम्बन्धित क्षेत्रको प्रहरी प्रशासन प्रति वाईसिएल नेपाल दाङ जोडदार माग गर्दै प्रेस विज्ञप्ती जारी गरेका छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖